प्रधानमन्त्री कपका लागि पहिलो चरणमा कास्कीबाट ४८ खेलाडी छनौट

पाेखरा | पुस ८, २०८०

प्रधानमन्त्री कपका लागि पहिलो चरणमा कास्कीबाट ४८ खेलाडी छनौट

पोखरा:  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले पहिलो चरणमा विभिन्न क्लबबाट ४८ खेलाडी छनौट गरेको छ ।

 

दुई दिने छनोट कार्यक्रममा करिब ८० खेलाडी सहभागि थिए ।

 

अहिले छनौट भएका ४८ जनालाई ४ टिममा विभाजन गरिएको कोषाध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएको छ ।

 

टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् ।

 

दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।

 

ऋषिकेस शर्मा पौडेल र कमल थापाले टिम विभाजन गरेका थिए ।

 

पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।


 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्